निशान भट्टराईको नयाँ गीत “बरिलै” सार्वजनिक (भिडियो )

नेपाली गीत संगीत क्षेत्रमा उत्कृस्ट गीत संगीत र प्रतिभाशाली कलाकारको  आगमनले  संगीत क्षेत्र दिनानुदिन राम्रो बन्दै गैरहेको छ । भर्खरै मात्र अर्ग्यानिक टेस्टको डान्सिंङ प्याट्रनको “बरिलै” बोलको गीत डिजिटल बजारमा सार्वजनिक भएको छ । यस गीतमा गायिका नविता पौड्याल र गायक निशान भट्टराईको युगल गायन रहेको छ ।  दिपक शर्माले गीतको लय संकलन गरेका हुन भने शर्माले नै यस गीतको शब्द लेखेका हुन । उदयराज पौडेलले गीतको संगीत संयोजन गरेका हुन । भिडियोमा वर्षा राउत र अलिशा राईको मुख्य अभिनय रहेको छ । टिकटकबाट भाइरल भएका अमर र अमृत दाहाललाई समेत भिडियोमा देख्न सकिन्छ । सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन । बिकास ज्ञवालीले भिडियो सम्पादन गरेका हुन । सुब्रतराज आचार्यको कन्सेप्ट र निर्देशनमा भिडियो तयार पारिएको हो ।

भिडियोमा वर्षा राउत र अलिशा राईको मुख्य अभिनय रहेको छ । टिकटक बाट भाइरल भएका अमर र अमृत दाहाललाई समेत भिडियोमा देख्न सकिन्छ । सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन । बिकास ज्ञवालीले भिडियो सम्पादन गरेका हुन । सुब्रत राज आचार्यको कन्सेप्ट र निर्देशनमा भिडियो तयार पारिएको हो ।

हाल अमेरिकामा रहेकी गायिका नविता पौड्याल निरन्तर गीत संगीतमा क्रियाशील छिन् । यसघि उनले स्लो रोमान्टिक पप, आधुनिक र नन कमर्शीएल गीत सोर्ता माझ प्रस्तुत गरिसकेकी छिन। “बरिलै”  बोलको यस गीतबाट आफु निकै आशावादी  रहेको र सोर्ता दर्शकबाट राम्रो प्रतिक्रियाको अपेक्षा रहेको गायिका पौड्यालले बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *