पाँचौं मिसेस नेपाल बनिन भाविषा , करिश्मालाई मानार्थ उपाधी

मिसेस नेपाल इन्टरनेसनल- २०१९ को उपाधि महेन्द्रनगरकी भाविषा कोइराला चटौतले हात पारेकी छिन् । रिबन इन्टरटेनमेन्ट प्रा.लि ले विवाहित महिलाका बीच आयोजना गर्दै आएको सौन्दर्य प्रतियोगितामा विभिन्न पेसामा आबद्ध ३० विवाहित महिला सहभागी भएका थिए । यसै अवसरमा अवसरमा अभिनेत्री करिश्मा मानन्धरलाई आजीवन मानार्थ मिसेस नेपाल इन्टरनेसनल उपाधिद्वारा सम्मानित गरिएको छ । यसै गरी महोत्तरीकी स्त्री रोग विशेषज्ञ रंगीना लाइकंग्बम मिसेस नेपाल इन्टरनेसनल २०१९ भएकी छन्। प्रतियोगितामा पूर्वप्रधानसेनापति रुक्मांगत कटुवाल र अभिनेता राजेश हमालले अभिनेत्री मानन्धरलाई क्राउन र स्यास पहिर्‍याएका थिए। प्रतियोगितामा ताज पहिरिएका भाविषा र रंगीनाले उपाधि जितेबापत सिङ्गापुरमा हुने मिसेस इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्।

समारोहमा प्रतियोगिता पाँचौं वर्षमा पुगेको अवसरमा पत्रकार विदुर गिरी, शिक्षाविद् पूर्ण लामा, गायक सीताराम पोखरेल र मिस नेपालका आयोजक गोपाल सुन्दरलाल कक्षपतिलाई रिबन अनर अवार्डबाट सम्मानित गरियो। उक्त प्रतियोगितामा रोजिना भट्टराई फर्स्ट रनरअप, स्नेहा राउत थापा सेकेन्ड रनरअप र बेस्ट पर्सनालिटी, सवनम खरेल थर्ड रनरअप  र बेस्ट र्‍याम्प वाक, शिल्पी गुप्ता फोर्थ रनर्सअप र मेनेजमेन्ट च्वाइस, कुस्मादेवी खाँड मल्ल मोस्ट पपुलर र मस्ट फ्रेन्डली तथा आश्मा तामाङ पब्लिक च्वाइस र मोस्ट गर्जियस भएका छन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *