गायिका टिका सानुको आवाजमा “चोखो माया” भिडियो सहित

काठमाडौं । नेपाली गीत संगीतको बजारमा एक पछी अर्को लोक प्रिय गीतहरुमा आवाज दिदै चर्चाको शिखरमा पुगेकी गायिका टिका सानु र कालिगण्डकी गाउपालिका – ७  ,रम्फै गुल्मीका नव उदयिमान गायक टिकाराम थापाको आवाजमा “चोखो माया” गीतको भिडियो सार्वजनिक भएको छ । युवयुवती विचको भावनात्मक माया प्रेमलाई गीतमा सकारात्मक रुपमा प्रस्तुत गरिएकोले लोक पारखी आमदर्शक तथा श्रोताले मन पराउनेमा आफू आशावादी रहेको गायक टिकारामले बताए ।

टिका राम थापा तुफानको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । आफुलाई माया गर्ने मायालुसँग प्रेमका सुनौला सपनाहरु सजाउनको लागि आफू निकै हतारिएको गायिका ले बताएकी छन् ।

अर्जुन कुमार सुनारको छायाँकन, प्रेम कुमार थारुको सम्पादन तथा खुम बहादुर सुनारको निर्देशन भिडियोमा रहेको छ । “चोखो माया” गीतको भिडियोमा मुनाल थापा मगर र विष्णु सुनुवारको अभिनय रहेको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *