राजु परियार र शान्ति श्री को आवाजमा “नबोलाउ है ” (भिडियो सहित)

लोकदोहोरी गीत संगीतमा निकै लोकप्रिय गायक राजु परियार र गायिका शान्ति श्री परियारको आवाजमा सजिएको वियोगान्त भोगाईमा आधारित गीत “नबोलाउ है” गीतको भिडियो बजारमा आएको छ ।

नविन विरही श्रेष्ठको शब्द तथा पुर्ण संयोगको संगीत गीतमा रहेको छ । आफनी प्रेमीकाले जीवनमा साथ दिनुपर्ने अवस्थामा छोड्दाको पीडालाई गीतमा भावनात्मक रुपमा प्रस्तुत गरिएको छ  ।

महेश महरा र प्रतिक बहादुर श्रेष्ठको छायाँकन, चेतन सागरको सम्पादन तथा नविन विरही श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । “नबोलाउ है” गीतको भिडियोमा नविन विरही श्रेष्ठ र रञ्जिता तामाङको निकै भावुक अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *