केकी अभिनित भोजपुरी गीत ‘हमनिके भागिया’ सार्वजनिक

भोजपुरी लोकप्रिय गायिका इन्दु सोनालीको सुमधुर स्वरमा भोजपुरी गित  ‘हमनिके भागिया’ को म्यूजिक भिडियो सार्बजनिक भएको छ । दर्जनौ चर्चित भोजपुरी गीतहरुमा आफ्नो जादुमय आवाज भर्न सफल गायिका इन्दु सोनाली बलिउडमा समेत प्रख्यात छिन ।

Loading...

उपेन्द्र सहानीको शब्दमा सुप्रशिद्द संगीतकार शिखर सन्तोषको संगीत रहेको भोजपुरी गीत  ‘हमनिके भागिया’ को म्युजिक भिडियोलाइ आलोक शुक्लाले छायांकन गरेका हुन् भने निर्देशक पुर्णेन्द्र  झाले निर्देशन गरेका छन् । सार्बजनिक भिडियोमा लोकप्रिय नायिका केकी अधिकारी र बिजय यादब निर्बिजको अभिनय रहेको छ भने म्युजिक भिडियोको परिकल्पनाकार तथा निर्माता प्रभु शाह रहेका छन् । सुप्रशिद्ध संगीतकार शिखर सन्तोषले चर्चित भोजपुरी चलचित्र, दर्जनौ भोजपुरी गीत तथा बलिउडका चर्चित गायक गायिकाहरुको लागि संगीत भरिसकेका छन् ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *