बट्टारमा होटल रोयल इन सञ्चालनमा

नुवाकोट । बट्टारस्थित नयाँ बसपार्कबाट करिब दक्षिणतर्फ २०० मिटर अगाडि सुबिधा सम्पन्न होटल रोयल इन सञ्चालनमा आएको छ । नुवाकोट र रसुवाका आमन्त्रित अतिथि, राजनीतिज्ञ, समाजसेवी, जनप्रतिनिधी, कलाकार र बिभिन्न ब्यवसायीहरु माझ शनिबार होटल सञ्चालक शिव प्रसाद अधिकारीको ९१ वर्षिया आमा मनकुमारी अधिकारीले रिवन काटेर विधिवत् होटल रोयल इनको उद्घाटन गरि सञ्चालनमा ल्याइएको हो ।  

हालै निर्माण सम्पन्न भएको होटलमा साधारण, एसी रुम गरी जम्मा १४ वटा अत्याधुनिक फर्निसिङ्ग र एटेज वाथरुम सहितको कोठाहरु पर्यटक तथा ब्यापारी वर्गलाई लक्षित गरी तयार पारिएको छ । होटलको मुख्य आकर्षणको रुपमा होटल आगाडी रहेको पानीको झरना सहितको गार्डेन र होटलको भित्री सजावट हो ।

अन्तर्राष्ट्रिय कराते प्रशिक्षक तथा होटल ब्यवसाय क्षेत्रमा २ दशकभन्दा धेरैको अनुभव बटुल्नु भएका सञ्चालक शिव प्रसाद अधिकारीले सबै माझ परिचित बन्नको लागि साथै आफ्नो ठाउँ र देशमै लगानी गर्नु पर्छ भन्ने उद्देश्य स्वरुप यस होटलको निर्माण गरिएको बताउनुभयो । 

उत्कृष्ट ब्यवस्थापनको साथमा सञ्चालनमा आएको होटल रोयल इनको शुभारम्भ तथा उद्घाटन समारोहमा विभिन्न कलाकारहरुले गीत, दोहोरी, नृत्य तथा हास्यब्याङ्गहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा चर्चित लोक दोहोरी गायिका बबिता बानियाँ (जेरी), दोहोरी गायक बिजय बानिया, हास्य कलाकार तथा पुरुषोत्तम भण्डारी (पुर्खे बा), स्थानीय गायक/गायिका सुवास शर्मा, सरिता बिक, कुमार देवकोटालगायतले विभिन्न प्रस्तुतिहरु राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *