‘फिल्म साउथ एसिया फेस्टिभल’ बिहीबारबाट शुरु

काठमाडौं । ‘फिल्म साउथ एसिया फेस्टिभल’को १२औं संस्करण काठमाडौँमा आयोजना हुने भएको छ । २२ वर्ष पहिला शुरु भएको यस फेस्टिभल हरेक दुई वर्षमा नेपालमा आयोजना हुने गर्छ । चार दिनसम्म चल्ने यस फेस्टिभल कात्तिक २८ गते बिहीबारबाट शुरु हुँदैछ । यस वर्षको लागि साउथ एसियाका विभिन्न देशमा निर्माण भएका ६३ वटा डकुमेन्ट्री चलचित्रहरू छनोट गरिएको आयोजक संस्था द साउथ एसिया ट्रस्टका अध्यक्ष कनकमणि दीक्षितले बताएका छन् । विभिन्न देशका तत्कालीन विषयवस्तुलाई प्रस्तुत गरिएको डकुमेन्ट्रीलाई स्थान दिइएको दिक्षितले थपे । फेस्टिभलको लागि साउथ एसियाका विभिन्न देशबाट डकुमेन्ट्री चलचित्रहरूमा काम गर्ने व्यक्तित्वहरूको पनि उपस्थिति रहने कार्यक्रम रहेको छ । साथै  कार्यक्रम निर्देशक मितु बर्माले भनिन्, ‘नेपाल भनेको शान्तिको देश हो । यहाँ स्वच्छ हावा पाइन्छ । यहाँ आउन सजिलो पनि छ । त्यसैले पनि यस फेस्टिभलको लागि धेरै यहाँ आउनु हुनेछ ।’ अन्य देशमा विभिन्न कारणले प्रत्येक देशका डकुमेन्ट्रीहरू प्रदर्शन हुन सक्दैनन् । तर, नेपालमा त्यो कुरामा रोक छैन । त्यसैले पनि नेपाल आकर्षणको केन्द्र बन्न सकेको अध्यक्ष दीक्षितको भनाइ छ ।

Loading...

उनले भने, ‘पाकिस्तानको डकुमेन्ट्री भारतमा देखाउन सकिन्न । त्यस्तो धेरै देशमा छ । तर, नेपालमा त्यस्तो छैन । यहाँ त पाकिस्तानमा बनेको पाकिस्तानमा नै देखाउन नमिल्ने डकुमेन्ट्रीलाई पनि समावेश गरेका छौँ ।’  फेस्टिभलमा प्रदर्शन भएका ६३ चलचित्रबाट उत्कृष्ट १२ चलचित्रलाई विश्वका विभिन्न देशहरूमा प्रदर्शन गरिने निर्देशक बर्माले बताइन् । उनले थपिन् , ‘जुरीले छानेको उत्कृष्ट चलचित्रहरूलाई हामीले पुरस्कृत पनि गर्नेछौँ र १२ उत्कृष्ट डकुमेन्ट्रीलाई विश्व भरी प्रदर्शन गरिनेछ ।’ भारतबाट बढी डकुमेन्ट्री चलचित्रको सहभागिता रहेको फेस्टिभलमा नेपालबाट ३ वटा चलचित्र समावेश छन् । पाकिस्तान, म्यानमार, तिब्बत, अफगानिस्तान, बङ्गलादेश, भुटानलगायत देशबाट यस फेस्टिभलको लागि डकुमेन्ट्री चलचित्रहरू समावेश गरिएको छ । फेस्टिभलको उद्घाटन भने पाकिस्तानमा प्रतिबन्ध लगाइएको चलचित्र ‘इन्दुस ब्लुज’ बाट गरिनेछ ।  

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *