ढुंगेललाई उत्कृष्ट युवा शैक्षिक पत्रकारिता अवार्ड


काठमाडौं । शैक्षिक पत्रकारिता गर्दै आएका शैक्षिक पत्रकार सोनितराज ढुङ्गेल ‘उत्कृष्ट युवा शैक्षिक पत्रकारिता अवार्ड’ द्वारा सम्मानित भएका छन् । डिसेम्बर २९ मा थाइल्यान्डको पटयामा वर्ल्ड वाइड मिडिया नेटवर्कद्वारा आयोजित ग्लोबल इन्टरनेशनल अवार्ड–२०१९ अन्तर्गत शैक्षिक क्षेत्रमा योगदान पुर्याए वापत उक्त अवार्ड दिइएको जनाइएको छ । ढंगेलसंगै अन्य ३५ जनाले विविध बिधामा अवार्डहरु प्राप्त गरेका छन् । 

Loading...

पत्रकार सोनित राज ढुङगेल मेगा टेलिभिजनमा शैक्षिक बहस नामक कार्यक्रम सन्चालन गर्दै आएका छन् । गत श्रावणमा उनले ‘बेस्ट इभेन्ट डाइरेक्टर अवार्ड’ समेत प्राप्त गरेका थिए । स्टार अफ किङ कतारले आयोजना गरेको ‘स्टार इन्टरनेशनल अवार्ड–२०१९’ बाट ढुंगेलले ‘ वेष्ट इभेन्ट डाइरेक्टर अवार्ड’ हात पारेका थिए ।

अवार्ड हात पारेपछी कुरा गर्दै ढुंगेलले निरन्तरको मेहनत तथा शुभचिन्तकको आशीर्वाद तथा सहयोगले आफुले अवार्ड हात पार्न सफल भएको बताएका छन् । उनले म एकदमै उत्साहित छु । मेरो लागि गरिएको यो मुल्यांकन आफ्ना लागि आउने दिनमा अझै काम गर्ने प्रेरणाको रुपमा लिइएको छु ।

सोनितराज ढुंगेल भवानी इन्टरटेडमेन्ट प्रा.लि. का अध्यक्ष पनि हुन् । ढुंगेलले ‘मिस एसईई स्टार’, ‘मिस एभरेष्ट’ व्युटी प्याजेन्टको आयोजना गर्दै आएका छन् भने भवानी इन्टरटेडमेन्टसंगको सहकार्यमा ‘मिस्टर एण्ड मिस ग्लेसियर–३’, ‘मिस्टर एण्ड मिस प्राक्सिस’ लगायत विभिन्न स्कुल, कलेजसंगको सहकार्यमा विभिन्न व्युटी प्याजेन्टको इभेन्ट डाइरेक्टर रहेर काम गर्दै आएका छन् ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *