प्रथम मिस उदयपुरको ताज श्रद्धा भट्टराईलाई

उदयपुर । प्रथम मिस उदयपुर – २०२० को ताज श्रद्धा भट्टराईले जितेकी छन् । गत शनिबार गाईघाटको शुभलक्ष्मी हलमा भएको ग्राण्ड फिनालेमा बिभिन्न चरणको प्रतिस्पर्धामा आफूलाई उत्कृष्ट सावित गर्दै उपाधि विजेता भट्टराईले मिस कन्फिडेन्ट र मिस ट्यालेन्ट टाइटलसमेत हात पार्न सफल भएकी छन् ।

Loading...

प्रतियोगिताको फ्रस्ट रनरअप बेलका नगरपालिकाकी अस्वीना दाहाल बनिन् । प्रतियोगी नम्बर ५ अस्वीनालाई मिस फोटोजेनिक सबटाइटल प्रदान गरिएको थियो । त्यसैगरी सेकेण्ड रनरअपको उपाधि रन्जना दनुवारले पाईन् । प्रतियोगी नम्बर ६ कि उनलाई मिस बेस्ट ड्रेस र मिस पपुलर बिधाको उपाधिसमेत प्रदान गरिएको थियो ।

त्यस्तै बेस्ट अन्य सबटाईटल बिजेताहरुमा बेस्ट बाक दिब्या दनुवार, फेशन आइकन सजना सुब्बा,  ब्यूटीफुल फिगर सुनिता तामाङ्ग,  मिस डिसिप्लेन अलिशा कार्की, मिस चार्मिङ्ग अनु अधिकारी, बेस्ट पर्फमर झरना राई, ब्यूटीफुल स्माईल मनिशा मगर र मिस पर्सनालिटि अपेक्षा ढकाल रहेका छन्  ।

मिस उदयपुरको कार्यक्रम ब्यूटी पेजेन्टको फर्म्याट अनुसार क्रमश टप ८, टप ५ र बिजेता तथा उप विजेताहरु घोषणा गरिएको थियो । मिस उदयपुरको पहिलो सिजनबाट नयाँ प्रतिभाहरुको जन्म भएको र यसलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने आयोजक ताल डान्स हाउसका सञ्चालक एमजे मिथुनको भनाई छ ।

कार्यक्रममा बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आफ्नो प्रस्तुती दिईसकेका मोडल तथा कलाकारहरुको उपस्थिती रहेको थियो । त्यस्तै आईएमई लोकस्टारका सेकेन्ड रनरअप बिनोद दनुवारको पनि प्रस्तुती रहको थियो ।

‘सानै छु बढ्न देउ, बालविवाह हैन पढ्न देउ’ भन्ने नारा रहेको मिस उदयपुर २०२० को आयोजना विङ्स इन्टरटेन्टमेन्ट र ताल डान्स हाउसले गरेको हो ।  जिल्लाको बिभिन्न ठाउँबाट सहभागी कुल ११ जना प्रतियोगीहरु निशान लिम्बुको कोरियोग्राफीमा १ महिनासम्म बिभिन्न प्रशिक्षणहरु दिइएको थियो ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *