नेपाललाई प्रतिनिधित्व गर्दै मिस्टर एण्ड मिस कल्चर वर्ल्डमा प्रवेश र निशा

काठमाडौं । मिस्टर एण्ड मिस कल्चर वर्ल्ड नेपाल तथा पुनम ब्यूटी क्लबको संयुक्त आयोजनामा मिस्टर एण्ड मिस कल्चर वर्ल्डको भियतनाममा हुने चौंथो संस्करणमा सहभागी हुनको लागि नेपालबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको लागि प्रतिकात्मक क्राउनिङ्ग समारोह सम्पन्न भएको छ ।

मिस्टर एण्ड मिस कल्चर वर्ल्डमा नेपालको तर्फबाट श्री प्रवेश थापा र सुश्री निशा पाठकले प्रतिनिधित्व गर्दैछन् ।  क्राउनिङ्ग समारोहमा पुनम ब्यूटि क्लबका सिइओ पुनम श्रेष्ठ, थाई एयरालाईन्स नेपालका प्रमुख ब्यवस्थापक श्री नारिनटोन र आप्सा नेपालका अध्यक्ष श्री लोकेश कुमार मान्नधरले प्रतिनिधिहरुलाई क्राउन, टोपी र स्यास प्रदान गर्नुभएको थियो ।

सांस्कृतिक सद्भाव एवं कार्यक्रम मार्फत राष्ट्रको पहिचान अन्तर्राष्ट्रिय रुपमा प्रचार गर्ने साथै नेपाल सरकारको आगामी वर्षको भिजिट नेपाल २०२० लाई प्रबर्द्धन गरिने साथै प्रतिभा र सुन्दरतामा नेपाल तथा नेपालीहरु पनि पछाडी छैनन् त्यसैले यस्ता कार्यक्रममा सहभागीता जनाउँदा अझ विश्व जगतमा नेपालको सांस्कृतिक सक्षमता, प्राकृतिक सौन्दर्यताको बारेमा अझ प्रचार प्रसार हुने आयोजकको दाबी रहेको छ ।

सन् २०१५ बाट मलेसियामा शुरु भएको यस प्रतियोगिता यस वर्ष भियतनाममा ८-१३ सेप्टेम्बर २०१९ मा हुँदैछ ।

हाल भियतनाम आयोजक रहेको यस प्रतियोगिता आगामी पर्यटन वर्ष २०२० को अवसरमा नेपालमा आयोजना हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *