बराहमा वाईवाई मिस पर्सनालिटी सम्पन्न

धरान । आगामी पौष ५ गते हुने नेपालआईस मिस पुर्वान्चलको फिनालेको लागि तयारी गरिरहेका प्रतियोगीहरु मध्ये वाई वाई मिस पर्सनालिटी र मिस इन्टलेक्चुअल छनोट कार्यक्रम मंगलबार बराह किचेनमा सम्पन्न भएको छ  ।

Loading...

छनोट कार्यक्रममा डा. सरुन कोइराला, बराह ग्रुपका वरिष्ठ प्रशासकिय अधिकृत गंगा कालिकोटे , मिस पुर्वान्चल २०१६ फर्स्ट रनर अप इक्शा मादेन, सिजी ब्रुअरीका डेपुटी म्यानेजर खेम कुइकेल  र सुरेश राई निर्णायक रहेका थिए ।

प्रतियोगीहरुको प्रश्न-उत्तरको शैली, भेषभुषा, आउटनलेज, टेबल म्यानर लगायतका कुराहरु को आधारमा वाईवाई मिस पर्सनालिटी र मिस इन्टलेक्चुअलको छनोट गरिनेछ ।

सिजी ब्रुअरीको मुख्य प्रायोजन,बराह ग्रुपको प्रस्तुति र डिभाइन वाइन र ओम शान्ति कम्पनि लिमिटेड सिओल कोरियाको सह -प्रायोजनमा तथा सिल्भर इन्टर टेनमेन्टको आयोजनामा हुने मिस पुर्वान्चल २०१९ को विजेताले मिस पूर्वाञ्चल २०१९ को उपाधिसँगै रु. दुइ लाख नगद र अध्ययनका लागि छात्रवृत्ति दिईने आयोजकले जनाएको छ ।

त्यस्तै फस्ट र सेकेण्ड रनर अफलाई क्रमशः एक लाख नगद  र पचास  हजार नगद पुरस्कार सँगै छात्रवृत्तिकोपनि व्यवस्था गरिएको आयोजकले जनाएको छ । त्यस्तै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस मल्टीमेडिया र मिस पर्सनालिटी, मिस बेस्ट  कम्लेक्सन, मिस इन्टलेक्चुअल लगायतका विभिन्न विद्यामा समेत प्रतियोगीहरु पन्ध्र हजार नगद पुरस्कारको ब्यबस्था गरिएको छ ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *