‘मिस ग्ल्याम नेपाल’मा २० युवती भिड्दै

सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम नेपाल’मा २० युवती भिड्ने भएका छन् । बिभिन्न चरणको अडिसनबाट अन्तिम स्पर्धाका लागि यी युवती छानिएका हुन् ।

Loading...

युवतीहरुको आत्मविश्वास, व्यक्तित्व विकास, वतृत्वकलाको विकास गराउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक ग्ल्याम नेपालका अध्यक्ष अशोककुमार तामाङले जानकारी दिए ।

पब्लिकस्पिकिङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, मोटिभेसन लगायत बिभिन्न  प्रशिक्षण सहित प्रतियोगी अन्तिम स्पर्धामा उत्रिने आयोजक मध्यकी एक सुस्मिता गालेले जानकारी गराइन् ।

प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आगामी माघ ४ गते राजधानीको छायाँ सेन्टरमा हुँदैछ ब्राण्ड एम्बेशडरमा गायक बुद्ध लामा रहेको प्रतियोगीतामा बिजेताले बिभिन्न अवसर र  गिफ्ट पुरस्कारको रुपमा जित्न सक्नेछन् ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *