मिस्टर एण्ड मिस टिन शेर्पाको ट्यालेन्ट राउण्ड सम्पन्न

काठमाडौं – काठमाडौँको नक्सालस्थित आरन्या बुटिक होटलमा आयोजित मिस्टर एण्ड मिस टिन शेर्पा २०२० को ट्यालेन्ट शो कार्यक्रममा प्रतियोगीहरुले आफ्नो विभिन्न प्रतिभाहरु प्रस्तुत गरेका छन् ।

Loading...

गौतम बुद्ध फिल्मस् प्रा. लि. आयोजना गरेको मिस्टर एण्ड मिस टिन शेर्पा २०२० को ट्यालेन्ट शो मा १९ प्रतियोगीहरुले गीत, नाच, चित्रकला तथा वक्तव्य मार्फत आफनो कलाहरु प्रस्तुत गरेका थिए । मिस टिन शेर्पा उपाधिका लागि १२ जना किशोरीर र मिस्टर टिनका लागि ७ जना किशोरले अडिसन राउण्ड पार गर्दै ट्यालेन्ट राउण्ड आईपुगेका हुन् ।

मिस टिन वर्ल्ड २०१२ की बिजेता सुप्रिया मास्के, मिस्टर एण्ड मिस टिन शेर्पा २०१९ का बिजेता तेन्जीङ छिरिङ शेर्पा र मिङमा ल्हामु शेर्पा, निर्देशक तथा कलाकार ठिलेन लामा, मोडल तथा नायिका आनिता गोले र आइआइएफटी नेपालका प्रबन्ध निर्देशक तेञ्जिङ शेर्पाले निर्णयकको भूमिका निभाएका थिए ।

शेर्पा समुदायका किशोर किशोरीलाई लक्षित गर्दै गत वर्षदेखि आयोजना भएको मिस्टर एण्ड मिस टिन शेर्पा २०२० को यो दोश्रो सिजनको हो । प्रतियोगिताको फिनाले माघ १ गते काठमाडौंको प्रज्ञा भवनमा हुनेछ ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *