गायिका आस्था राउत प्रहरी हिरासतमा

गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विवादमा मासिइरहने उनी पछिल्लो समय आफूलाई एयरपोर्टमा प्रहरीले ‘तँ’ भनेको भन्दै आक्रोशपूर्ण भिडियो सामाजिक सञ्जालमा राखेसँगै विवादमा तानिएकी हुन् । त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो । आफूलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरी जवान रमिशा श्रेष्ठले दिएको उजुरीको आधारमा उनलाई आज नियन्त्रणमा लिएको हो । उनका परिवारले नै उनलाई प्रहरी कहाँ पुर्‍याएको हो ।

Loading...

सिक्किममा कार्यक्रमका लागी गएकी उनी नेपाल फर्किने बित्तिकै हिरासतमा लिने तयारी प्रहरीले गरेको थियो । तर परिवारले आफै प्रहरीको सामु ल्याउने जिम्मा लिएको थियो । विमानस्थलको सिसिटिभी भिडियो नै मिडियामार्फत सार्वजनिक गरेको प्रहरीले राउतमाथि अभद्र व्यवहारको मुद्दा दर्ता गरेको थियो । आस्थाको व्यवहारको आलोचना गरिए पनि प्रहरीको उक्त कदमको पनि चौतर्फी आलोचना भइरहेको छ । 

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *