आस्थालाई चार दिन प्रहरी हिरासतमै बस्नुपर्ने गरी म्याद थप

सोमवार प्रहरीको सम्पर्कमा आएकी गायिका आस्था राउतलाई जिल्ला अदालत काठमाडौँले चार दिन म्याद थप गरेको छ । अनुसन्धानका लागी प्रहरीलाई चार दिन म्याद थप गरिएपछि उनी अब चार दिन प्रहरी हिरासतमै बस्नुपर्ने भएको छ । जिल्ला अदालतका सरकारी वकिलको कार्यालयले बयान लिएपछि आस्थालाई महानगर प्रहरी परिसर काठमाडौँ लगिएको थियो ।

Loading...

उनलाई प्रहरीले जिल्ला अदालतमा सोमबार नै अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको थियो । त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो । आफूलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरी जवान रमिशा श्रेष्ठले दिएको उजुरीको आधारमा उनलाई आज नियन्त्रणमा लिएको हो ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *