चलचित्र ‘पासवर्ड’ को प्रिमियरमा सन्नी लियोनी नेपाल आउँदै

भदौ २७ मा प्रदर्शनमा आउने तयारी गरिरहेको यस चलचित्रको प्रिमियर शोमा सहभागी हुन सन्नी लियोनी नेपाल आउने पक्का भएको छ । मंगलबार साँझ एक भिडियो सन्देश सार्वजनिक गर्दै सन्नीले सेप्टेम्बर ११ तारिखमा काठमाडौँमा हुने ग्राण्ड प्रिमियरमा आफू सहभागी हुने जानकारी दिएकी हुन् । सन्नीले फिल्म निर्माण गरेको ब्यानर एबी इन्टरनेसनललाई सफलताको शुभकामना पनि दिएकी छन् । प्रिमियरमा सहभागी हुनुका साथै उनी तीन दिनसम्म नेपाल बस्ने कार्यक्रम रहेको छ । जुन समयमा उनले फिल्मको प्रचार प्रसारमा पनि सघाउनेछिन् । एक्सन थ्रिलर चलचित्र ‘पासवर्ड’मा सन्नीको केही सिनमा अभिनय पनि रहेको बुझिएको छ ।

सम्राट बस्नेतले निर्देशन गरेको चलचित्र ‘पासवर्ड’ मा बलिउडकी चर्चित अभिनेत्री सन्नी लिओनीले आइटम डान्स गरेकी छिन् । उनको नाम जोडिएदेखि नै चलचित्र चर्चामा छ । ‘आजको साम’ शीर्षकको गीतमा सन्नीले अभिनेता अनुप विक्रम शाहीसँग ठुम्का लगाएकी हुन् ।

अनुपविक्रम शाही, विक्रम जोशी (विक्की), बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रवीण खतिवडा, लिशा सुनार, परि राना लगायतको अभिनय रहेको चलचित्रको सन्नी फिचर्ड गीत सार्वजनिक भैसकेको छ जसलाई दर्शक श्रोताले मन पराइरहेका छन् । चलचित्रलाई सौरभ लामाको छायाङ्कन गरेका हुन् भने विक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *