परिवार र प्रेमीसँग २४औँ जन्मदिन मनाइन् साम्राज्ञीले

पछिल्लो समयकी व्यस्त अनि चर्चामा आइरहने नायिका साम्राज्ञी आरएल शाहको आज जन्मदिन परेको छ । आजबाट उनी २४ वर्ष पूरा भएर २५ वर्षमा लागेकी छन् । साम्राज्ञीले परिवार र प्रेमीसँग जन्मदिन मनाएको तस्बिर आफ्नो फेसबुकमा सेयर गरेकी छिन् । उनलाई उनकी आमा नेहा आरएल शाह र प्रेमी देवांश राणाले मध्यरातमा नै केक काटेर शुभकामना दिएका थिए । साम्राज्ञी अहिले २ फिल्म रिलिजपश्चात् घुमफिर र परिवारसँग नै समय बिताइरहेकी छिन् ।

Loading...

चलचित्र ‘ड्रिम्स’ र ‘ए मेरो हजुर २’बाट व्यापारिक रूपमा निकै सफल भएका साम्राज्ञी अभिनीत चलचित्र उनले खासै बक्स अफिसमा तहल्का मच्चाउने चलचित्र गरेकी छैनन् । यद्यपि उनको स्टारडम भने खस्किएको छैन । एक पछि अर्का निर्माताले उनलाई नै रोजिरहेका छन् । उनी चाँडै अभिनेता प्रदीप खड्कासँग अन स्क्रिन रोमान्स गर्दैछिन् । हेमराज बिसीले निर्देशन गर्न लागेको चलचित्रमा पहिलो पटक दुईको जोडी बाँधिन लागेको हो । दर्शक र मेकर्सको रोजाइमा पर्न सफल साम्राज्ञीलाई जन्मदिनको शुभकामना ।  

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *