प्रिमिएरमा जम्यो ‘घरजम’

फिल्म ‘घरजम’को प्रिमियर भएको छ । कमलपोखरीस्थित बिग मूभिजमा बिहीबार आयोजित प्रिमियरमा कलाकार, पत्रकार तथा अन्य ब्यक्तिहरुको समेत उपस्थिती रहेको थियो ।

Loading...

मौसम ईम्बुङ लिम्बुको निर्देशनमा बनेको ‘घरजम’को यसअघि पुर्वमा प्रिमियर शो गरिएको थियो । राजधानीमा भने पहिलो पटक शो गरिएको हो ।

‘घरजम’मा पुर्वी नेपालको लिम्बू सदमुदाय तथा त्यहाँको जनजीवनलाई जस्तको तस्तै समेटिएको छ । चलचित्रमा सिर्जना सुब्बा, बुद्धि तामाङ, यासेली योङहाङ, शैलेन्द्र थेबे, कुशल थलङ, सुष्मा खेवा लिम्बू, किशोर पन्धाक, सीता तुम्बापो पन्धाक, हेमराज अन्छङ्बो, बबिता फोम्बो, इशिका जबेगु, जीवन भट्टराई, भरतमणि पौडेललगायतको मुख्य अभिनय रहेको छ ।

रोमियो फिल्मस् प्रालिको ब्यानरमा निर्मित ‘घरजम’मा किशोरकुमार लिम्बु र सीताकुमारी तुम्वापोको निर्माण तथा तेज मेन्याङबोको सहनिर्माण रहेको छ ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *