दयाहाङ र पलको ‘२ नम्बरी’मा सहकार्य

निर्देशक दीपेन्द्र लामाको निर्देशनमा नयाँ चलचित्र ‘२ नम्बरी’ निर्माण हुने भएको छ । चलचित्रमा दयाहाङ राई र पल शाह सहकार्य गर्दै छन् । आ-आफ्नो जेनेरेसनमा एउटा छुट्टै पहिचान र दर्शकको मन जितेका यी दुई अभिनेता चलचित्रमा साथीको भूमिकामा देखिँदै छन् । पहिलो पटक स्क्रिन साझेदारी गर्न लागेका दुवै अभिनेता उत्साहित भएको बताउँछन् । चलचित्रको कथा पनि यी दुई पात्रको वरिपरि घुम्ने निर्देशक लामा बताउँछन् । आइतबार राजधानीमा एक कार्यक्रम आयोजना गरी घोषणा गरिएको चलचित्र कमेडी जनरामा निर्माण हुने छ भने माघ अन्तिम साता फ्लोरमा जाने छ । वर्षा राउत र बुद्धि तामाङको पनि अभिनय रहने चलचित्र आगामी वर्षको जनै पूर्णिमामा प्रदर्शन हुने सम्भावना रहेको छ ।

Loading...

घोषणा कार्यक्रममा दयाहाङले पलसँग काम गर्नका लागि आफू पहिल्यैदेखि नै लालायित रहेको बताए । उनले पलसँग काम गर्न अहिलेका धेरै कलाकारहरूमा लोभ हुन्छ र आफू पनि उनीसँग काम गर्न लालायित रहेको बताए । यसै गरी दयाहाङसँग काम गर्न पाउनु भनेको आफ्नो लागि सौभाग्यको कुरा भएको पलले बताए । उनी दयाहाङसँग धेरै कुरा सिक्न पाउनेमा आशावादी देखिए ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *