डेब्यू सिनेमाको नयाँ गीत ‘झ्याम्मै आँखा झ्याम्मै’मा यस्तो छ निकिताको नाच

माघ २४ गते रिलिज हुने अभिनेता विराज भट्टको निर्देशकिय डेब्यू सिनेमा साङ्लोुको नयाँ गीत रिलिज भएको छ।

Loading...

सिनेमामा समाविष्ट झ्याम्मै आँखा झ्याम्मैु बोलको गीत रिलिज गरिएको हो।

डान्सिङ नम्बर रहेको गीतमा विराज र डेब्यु अभिनेत्री निकता चाण्डकलाई नाच्दै गरेको देख्न सकिन्छ।

सुरेश अधिकारीको संगीत रहेको गीतमा अन्जु पन्त र निशान भट्टराईको स्वर छ । गीतका कोरियोग्राफर रामजी लामिछानेको हुन्।

एक्सन प्रधान सिनेमालाई विराज आफैले निर्माण गरेका हुन्।

सिनेमामा विराज र निकितासँगै जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भिष्म जोशी आदिको अभिनय छ ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *