तमिल सुपरस्टार विजय इन्कम ट्याक्सको फन्दामा

तमिल नाइडुका सुपरस्टार विजयको घरमा इन्कम ट्याक्सले छापा मारेको छ । ‘मास्टर’ को छायाङ्कनमा व्यस्त रहेको विजयले घरमा रेड परेपछि आफ्नो छायाङ्कन रोकेका छन् । विजय मात्र नभएर तमिलका एक प्रोड्यूसर र फाइनन्सरको घरमा इनकम ट्याक्सको ठुलो रेड परेको हो । इनकम ट्याक्स डिपार्टमेन्टले ६५ करोड जफत गरिसकेको छ। ट्याक्स डिपार्टमेन्टका अनुसार, ‘बिगिल’ फिल्म फाइनन्सर अनबूचेजियनबाट ६५ करोड जफत गरिएको हो ।

Loading...

एजिएस सिनेमाजले ट्याक्स चोरी गरेको शङ्का गरिएको छ । विजयले इनकम ट्याक्स डिपार्टमेन्टले आफ्नो घर र अफिसमा ट्याक्स चोरीलाई लिएर छापा मारेको र आफ्नो स्टाफ र परिवारले पूरा सहयोग गरेको बताएका छन् भने रेड परेपछि सामाजिक सञ्जालमा विजयका फ्यानले उनी चाँडै ‘मिस्टर क्लिन’ भएर फर्किने बताइरहेका छन् । ‘बिगिल’ तमिलको सबैभन्दा हिट चलचित्र हो जसले ३ सय करोडभन्दा माथीको व्यापार गरेको थियो ।  

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *