सौगात र दियाको हिमाली प्रेम कथा ‘मन्त्र’ टिजर रिलिज (भिडियो)

खिल बहादुर गुरुङ निर्देशित चलचित्र ‘मन्त्र’ को टिजर सार्वजनिक भएको छ । सौगात मल्ल र दिया पुनको मुख्य भूमिका रहेको चलचित्रको टिजर शुक्रवार इन्टरनेटमा सार्वजनिक गरिएको हो । पहिलो पटक स्क्रिन साझेदारी गरेका सौगात र दियाको ‘मन्त्र’ ले हिमाली क्षेत्रको प्रेम कथा बोकेको छ । टिजरमा सौगात र दिया हिमाली वेशभूषा र लवजमा प्रस्तुत गरिएको छ । टिजरले उनीहरूको प्रेम यात्रा सहज नभएको देखाउँछ । निर्माण पक्षका अनुसार यस चलचित्र मनास्लु क्षेत्रमा छायाङ्कन गरिएको पहिलो चलचित्र हो । मनास्लुको प्राकृतिक सुन्दरता र त्यहाँको संस्कार र संस्कृतिलाई चलचित्रमा उतारिएको छ । निर्माण पहिले चलचित्रको नाम ‘बमकाजी’ राखिएको तर छायाङ्कन गर्दै जाँदा कथा सुहाउँदो नाम ‘मन्त्र’ राखिएको निर्देशक गुरुङले बताएका छन् । चलचित्र आगामी नयाँ वर्षमा प्रदर्शनमा ल्याउने तयारी भइरहेको छ ।

Loading...

चलचित्रमा सौगात र दियाका साथमा बुद्धि तामाङ, नमिता घिसिङ, वीर बहादुर लामालगायतका कलाकारहरूको पनि अभिनय रहने छ । मनोज राजभण्डारी निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा देवेन्द्र मानन्धर, सह-निर्मातामा रविराज कार्की, सुरेश कार्की, वीर बहादुर लामा र शुभ श्रेष्ठ रहेका छन् । ‘मन्त्र’को कथा साम्तेन भुटियाले लेखेका हुन् । यसमा शम्भुजित बास्कोटा र सन्तोष सुनारको सङ्गीत, सञ्जय लामाको छायाङ्कन र मित्र डी गुरुङको सम्पादन रहेको छ । 

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *